काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा युनाइटेडले बर्नलीलाई ३–१ गोल अन्तरको पराजित गरेको हो।
युनाइटेडको जितमा स्कट म्याक्टोमिने र क्रिस्टियानो रोनाल्डोले गोल गर्दा एक गोल उपहार पाएको थियो। यस्तै बर्नलीका लागि लेननले गोल फर्काएका थिए। खेलमा चारै गोल पहिलो हाफमा भएको थियो।
खेलको आठौं मिनेटमा स्कट म्याक्टोमिनेको गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २७औं मिनेटमा उपहार गोलसँगै युनाइटेडको अग्रता दोब्बर भएको थियो। ३५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याए। लगत्तै ३८औं मिनेटमा बर्नलीले गोल फर्काएको थियो।
जितसँगै १८ खेलबाट ३१ अंक जोडेको युनाइटेड लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ।
पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ५० अंक छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४२ र एक खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छन्। पराजित बर्नली भने ११ अंकसहित रेलिगेशन जोनमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।