काठमाडौं– कञ्चानपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त–६ ऐठपुर बस्ने २६ वर्षीय हरिशप्रसाद जोशी र २५ वर्षीय सागर बोहरा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले आठ दशमलव ८८ ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।
शंका लागि जाँच गर्दा इलाका प्रहरी कार्यालय गड्डचौकी र महेन्द्रनगरबाट खटिएको टोलीले पर्सभित्र लुकाइराखिएको चरेससहित दुवैलाई पक्राउ गरेको हो।
पक्राउ गरिएका दुवै जनामाथि कानूनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एक साताअघि मात्रै प्रहरीले भीमदत्त नगरपालिकाको तिल्केनी क्षेत्रबाटै चरेससहित दुई जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।