काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज ग्राउण्डेड भएको छ। जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको निगमले जनाएको छ। काठमाडौँ–ल्हासा उडानका लागि पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमको भनाइ छ।
ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ। जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको बताउँदै निगमले इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको जनाएको छ। इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइने निगमको दाबी छ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् । यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।