काठमाडौं– उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएको जनाइएको छ। मृत्यु हुनेमा काठमाडौंको जडीबुटी बस्ने मकवानपुर हेटौंडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन्।
उता, ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष आज मृत भेटिएका छन्। अन्दाजी ५०/५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।