• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी महाधिवेशन एमसीसीविरुद्ध उभिए के होला गठबन्धनको भविष्य?

64x64
नेपाल लाइभ बिहीबार, पुस १५, २०७८  २१:१९
1140x725

काठमाडौं- गत आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको प्रसंग उठाए। अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले राजनीतिदेखि समाजसमेत ध्रुबीकृत बनिरहेका बेला देउवाले अर्थपूर्ण तवरबाट सार्वजनिक मञ्चमै एमसीसीको प्रसंग उठाएका थिए। आफूअघि बोल्ने केही नेताले एमसीसीलाई राष्ट्रघाती भन्दै गरेको विरोध सुनेका उनले आफ्नो बोल्ने पालोमा खण्डन गरे।

'(एमसीसीलाई) राष्ट्रघाती भन्नेहरुले पढेका छन् कि छैनन्, त्यो पनि मलाई थाहा छैन। पहिले पढ्नुपर्‍यो, कहाँ छ राष्ट्रघाती! मैले त कहीँ राष्ट्रघात देखेको छैन। म पनि नेपालको प्रधानमन्त्री हुँ। म राष्ट्रको खिलाफमा जाउँला? म पनि राष्ट्रको लागि लडेको मान्छे हुँ। किन राष्ट्रघातको काम गरुँला मैले? राष्ट्रघाती सन्धि किन गरुँला?', देउवाको प्रश्न थियो।

देउवाले एमसीसीबाट ‘त्रसित’ माओवादीको हुलमै गएर एमसीसीमा राष्ट्रघात नभएको स्पष्टीकरण दिएका थिए। देउवाको अपेक्षा हुनसक्छ, एमसीसीको सन्दर्भमा राखिरहेको धारणामा उनीहरुले पुनर्विचार गरुन्। अथवा, समीकरण मिलाएर कुनै पनि समयमा सदनबाट एमसीसी पारित हुनसक्छ भन्ने सन्देश दिन खोजेका पनि हुनसक्छन्।

भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको बन्दसत्रमा पेस गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ प्रतिवेदनमा भने एमसीसी पास नहुने प्रष्ट पार्ने प्रयास गरेका छन्। 'हामीले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रश्नमा दृढ अडान लिएर निरन्तर अगाडि बढ्न जरुरी छ। यो नीतिले मात्र हाम्रो पार्टीलाई आमजनताको बीचमा भरोसायोग्य र लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न मद्दत गर्नेछ', प्रतिवेदनमा उल्लेख छ, 'तत्काल एमसीसीको परियोजनालाई आवश्यक परिमार्जन संशोधन र राष्ट्रिय सहमति बनाएर मात्र अगाडि जाने नीति लिनुपर्छ।'

यो पनि पढ्नुहोस्

एमसीसीमा नयाँ बहस : अमेरिकाको अनुदान हो कि लगानी?

प्रचण्डले बेलाबखत भन्ने गरेको र प्रतिवेदनमा पनि दोहोर्‍याएको संशोधन भन्ने विषय शाब्दिक जाल मात्रै हो। किनकि सरकारले राखेका जिज्ञासाहरुको उत्तर दिँदै गत भदौमै एमसीसीले संशोधन नहुने प्रष्ट पारिसकेको छ। उसको जवाफमा भनिएको थियो, 'संशोधनहरू ती परिवर्तन हुन् जसले यस कम्प्याक्ट सम्झौताका मुख्य अंशमा प्रभाव पार्छन् वा रकम विनियोजन, कार्यान्वयन ढाँचा, अनुगमन तथा मूल्याकंन ढाँचा अथवा कर मिनाहाका प्रावधानहरूमा हेरफेर गर्छन्। हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन।'

प्रचण्ड यो विषयप्रति कति नराकात्मक छन् भन्ने बुझ्न प्रतिवेदनमा उनले उल्लेख गरेका अन्य सन्दर्भ पनि सहयोगी हुनसक्छन्। चीनको ‘मोहमा फसेको’ र अमेरिकाद्वेषी देखिने उनको बुझाइ छ- ‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ। आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ। वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ। नयाँ शीतयुद्धका रुपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन।‘

अझ अगाडि प्रचण्ड भन्छन्- 'विश्वका ७० देशमा अमेरिकाको सैनिक सञ्जाल फैलिएको छ। आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरुले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार बिक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु छन्।'

पछिल्ला दुई सन्दर्भमा एमसीसी भन्ने शब्द त उल्लेख छैन। तर, एमसीसीबाट त्रसित छ भन्ने चाहिँ बुझिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डका यसअघिका भूमिका, उनको भाषण र अहिलेको प्रतिवेदनको सार हो- उनी एमसीसी परियोजना लागू होस् भन्ने चाहँदैनन्। सार्वजनिक रुपमा त उनी एमसीसीको समर्थनमा देखिनै चाहँदैनन्। तर, यो विषय पार्टीपंक्तिलाई प्रष्टसँग भन्न सकेका छैनन्। अमेरिकी सरोकारवालाहरुसँग पनि आफ्नो धारणा प्रष्ट भन्न सकेका छैनन्। त्यसैले राष्ट्रिय सहमति आवश्यक, संशोधन गरेर मात्रै, ओरिजिनल सहमति (संसद्‌बाट पारित गर्नु नपर्ने) अनुसार अगाडि बढ्नुपर्ने जस्ता भाषा प्रयोग गरिरहेका छन्।

प्रतिवेदनमा 'सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धारणा नआउनु' मा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्नो दश बुँदे फरक मतमार्फत आक्रोश पोखेका छन्।

एमसीसीको सन्दर्भमा पार्टी पंक्ति नकारात्मक नै रहेको बेलामा प्रचण्डले प्रतिवेदनमार्फत यो विषय महाधिवेशनको हलमा छाडिदिए। एमसीसी अनुमोदन नहोस् भन्ने उनको चाहनालाई महाधिवेशनले दिने प्रतिक्रियाले सहयोग नै पुर्‍याउने छ। किनकि, सबै जसो समूहले सकेसम्म अस्वीकार गर्ने, नभए संशोधन गर्नुपर्ने धारणा राखिरहेका छन्। उनीहरुको धारणा प्रचण्डकै रणनीतिसँग मिल्दोजुल्दो छ। अब उनले प्रधानमन्त्री देउवासमक्ष वा सर्वदलीय बैठकमा एमसीसीको विषयमा आनाकानी व्यक्त गर्न महाधिवेशनको ‘म्यान्डेट’ उपलब्ध हुनेछ। महाधिवेशनले अस्वीकार गरेको निर्णयमा अघि बढ्न उनले सक्नेछैनन्।

माओवादीले एमसीसी पारित गर्न असहमति जनाएको खण्डमा गठबन्धनको भविष्य के होला त? यसका लागि महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाको भनाइ र प्रचण्डको जवाफले संकेत गर्छ- एमसीसीमा फरक मत भए पनि गठबन्धन भने टुटिहाल्दैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवाले एमसीसी नेपालको हितमा भएको, सित्तै आएको पैसा भएको, एमसीसीले नेपालको कानुन मान्छु भनेको भन्दै एमसीसी सहमतिमा पास हुने विश्वास व्यक्त गरे। 'हाम्रो (प्रचण्ड लगायतसँग) छलफल हुँदैछ', उनको भनाइ थियो, 'यसमा व्यापक छलफल गर्छौं। मलाई विश्वास छ, यसमा सहमति भएर पास गराउनेछौं।'

एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका प्रधानमन्त्री देउवाको अभिव्यक्तिले प्रचण्ड अप्ठ्यारोमा परेका थिए। त्यसैले उनले देउवाले आफ्नो विचार भनेको र त्यो स्वतन्त्रता उनलाई रहेको भन्दै मध्यमार्गी भाषामा कार्यकर्तालाई आश्वस्त तुल्याए। 'हामी छलफल गर्दैछौं। छलफल गरेर हामी समझदारी बनाउँछौं भन्नुभयो। ठूलो कुरा भन्नुभयो', उनले भने।

प्रचण्डले यही विषयलाई लिएर गठबन्धन नतोडिने संकेत पनि गर्न भ्याए। 'मान्छेहरुमा कताकता कन्फ्युजन थियो, सत्ता पक्ष र प्रतिपक्षको बीचमा सदनभित्र जे चलिरहेको छ। त्यसमा विभिन्न खालका अभिव्यक्ति आएको सन्दर्भमा प्रधानमन्त्रीबाट धेरै महत्त्वपूर्ण अभिव्यक्ति आयो भन्ने लाग्छ', उनले भने।

गठबन्धन नटुट्ने प्रचण्डको विश्वासको स्रोत अरु होइन, देउवा नै हुन्। किनकि, एमसीसी पारित गर्नुपर्छ भन्ने विषयमा दृढ सुनिएका भए पनि देउवाले फरक सन्दर्भमा गठबन्धन नटुट्ने प्रष्ट पारेका थिए। उनले गठबन्धन पूरा समयसम्म चल्ने ठोकुवा गर्दै आफूले गठबन्धन अझ अगाडिसम्म जाओस् भन्ने चाहेको बताए।

गठबन्धन लम्बियोस् भन्ने चाहेका प्रचण्डलाई देउवाको अभिव्यक्ति 'ढुंगा खोज्दा देउता मिले' जस्तै भएको थियो। 'तपाईं हामी सबैले सुन्न चाहेको कुरा त्यही थियो, उहाँको मुखबाट। (उहाँले) गठबन्धन (पछिसम्मै) जान्न भनिदिनुभयो। त्यो पनि ठूलो 'स्टेटमेन्ट' भन्नुभयो उहाँले। हामी सबैलाई चाहिएकै त्यही हो', प्रचण्डको भनाइ थियो।

एमसीसीलाई गठबन्धन भत्काउने अस्त्रका रुपमा प्रयोग गर्न खोजिरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले अबलम्बन गर्ने रणनीति आफ्नो ठाउँमा छँदैछ। प्रचण्डले महाधिवेशनबाटै एमसीसीविरुद्धमा उभिने संकेत गरिसकेकाले त्यो निर्णयबाट गठबन्धनमा पर्न सक्ने बाछिटाको आकलन भने प्रष्ट भइसकेको छैन।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ?
एनपीएल पहिलो क्वालिपायर : लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले ब्याटिङ गर्ने
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघले घोषणा गर्‍यो आन्दोलन
सम्बन्धित सामग्री
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ? संघका महासचिव डा. चिरञ्जीवी खड्काले आन्तरिक परिपत्र जारी गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सबै पदाधिकारी तथा सदस्यलाई राजनीतिक उ... मंगलबार, मंसिर १, २०८३
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा सचिवालयले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा खिचिएका ती तस्बिर र भिडियोको प्रतियोग... मंगलबार, मंसिर १, २०८३
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी बैठकले भोलिबाट सुरु हुने राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए। मंगलबार, मंसिर १, २०८३
ताजा समाचारसबै
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ? मंगलबार, मंसिर १, २०८३
एनपीएल पहिलो क्वालिपायर : लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले ब्याटिङ गर्ने मंगलबार, मंसिर १, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघले घोषणा गर्‍यो आन्दोलन मंगलबार, मंसिर १, २०८३
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा मंगलबार, मंसिर १, २०८३
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्