• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एमसीसीमा नयाँ बहस : अमेरिकाको अनुदान हो कि लगानी?

राज दाहाल बुधबार, पुस १४, २०७८  २०:३६
1140x725

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर २८ गते संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेपछि अमेरिकी 'मिलेनियम च्यालेञ्ज कम्प्याक्ट' (एमसीसी) सम्झौताको भविष्यबारे अनेक अड्कलबाजी सुरु भए। मंसिर २८ को पहिलो बैठकमै एमसीसी सम्झौता 'टेबल' हुने चर्चा चलाइएको भए पनि त्यसो हुन सकेन। अहिले आएर सत्ता गठबन्धनले सम्झौताको थप अध्ययन गर्न कार्यदल बनाएको सन्दर्भमा एमसीसी सम्झौता संसद्‍मा टेबल हुन अझै समय लाग्ने देखिन्छ।

मंसिर २८ मै बसेको एमसीसीको सञ्चालक समितिको बैठकमा पनि यसपटक नेपाल कम्प्याक्टलाई महत्त्वपूर्ण अजेण्डाको रुपमा राखिएको थियो। उक्त बैठकले नेपाल कम्प्याक्टको समीक्षा गरेको र नेपाल सरकारलाई कम्प्याक्ट सम्झौतालाई संसद्‍बाट अनुमोदन गर्न थप समय प्रदान गर्न एमसीसी राजी रहेको भन्ने समाचार आइरहँदा एमसीसीले सायद अब नेपाललाई अनिश्चितकालसम्म पर्खिने छैन भन्ने आशंका पनि उठिरहेका छन्। यो अवस्थामा चालु हिउँदे अधिवेशन संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्नकै लागि बोलाइएको हो त भन्ने प्रश्न उठिरहेको छ। तर, यो सम्झौता संसद्‍बाट अनुमोदन हुनुपर्छ कि पर्दैन भन्ने बहस भइरहँदा एमसीसी सम्झौताको वास्तविकता र यथार्थ के हो भनेर पनि अध्ययन गरिनुपर्छ।

केही समयअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एपी वान टीभीमा भूषण दाहालको 'ब्राभो डेल्टा शो'मा बोलेको कुराले एक किसिमको तरंग ल्यायो। उक्त कार्यक्रममा राजदूत बेरीले एमसीसीको सहयोगलाई 'लगानी' भनेर व्याख्या गरेका थिए। राजदूतबाटै लगानी शब्दको प्रयोगले एमसीसीको सहयोगको विरोधीहरुलाई विरोध गर्ने अर्को बाटो खुलेको थियो। उक्त कार्यक्रमपश्चात् एमसीसी सम्झौताको विरोधमा थप केही आवाज उठे पनि एमसीसी सम्झौतालाई किन लगानी भनियो र यो कस्तो प्रकारको लगानी हो भन्नेबारे भने खासै बहस भएको देखिएन। यो लेखमा एमसीसीको सहयोग के अमेरिकाको नेपालमा लगानी नै हो त भनेर चर्चा गर्न खोजिएको छ।

एमसीसीको अनुदानलाई लिएर नेपालमा राजनीतिक ध्रुवीकरण भइरहेको सन्दर्भमा राजदूत बेरीले यसबारे प्रकाश पार्दा प्रयोग भएको 'लगानी' शब्दको केही हदसम्म अपव्याख्या र गलत बुझाइले एमसीसीको विरोधमा मलजल गरेको देखिन्छ। त्यसमाथि यही शब्दमा केन्द्रित हुँदा राजदूत बेरीले बोलेका अन्य कुराहरु जस्तै- एमसीसी एक पारदर्शी कार्यक्रम भएको, कम्प्याक्ट सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको, यस कम्प्याक्टको स्वस्थ आलोचनाको आफूले प्रशंसा गर्ने तर नेपालमा यस विषयमा धेरै भ्रमहरु रहेको भन्ने कुरालाई ओझेलमा पार्ने प्रयास भएको देखिन्छ।

त्यसो भए उक्त कार्यक्रममा राजदूत बेरीले लगानी शब्दको प्रयोग किन गरे त? एमसीसी कम्प्याक्ट सम्झौताको अध्ययनबाट पनि अमेरिकाले नेपाललाई दिने अनुदान नै हो भन्ने प्रस्ट हुन्छ। एमसीसी कम्प्याक्ट सम्झौताको दफा २.१ मा अमेरिकाले ५०० मिलियन अमेरिकी डलर नेपाललाई 'ग्रान्ट'कै रुपमा उपलब्ध गराउने लेखिएको छ। उक्त 'ग्रान्ट' रकमलाई नेपाल सरकारले कार्यक्रम कार्यान्वयन गर्न प्रयोग गर्ने भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमसीसी सम्झौता र एमसीसी सहायताको इतिहासलाई केलाएर हेर्दा अमेरिकाले नेपाललाई अनुदान दिएको कुरा नै प्रस्ट हुन्छ। यो यस्तो अनुदान हो जुन नेपालले अमेरिकालाई फिर्ता गर्नु पर्दैन, जबसम्म अनुदानअन्तर्गतको रकम सम्झौतामा उल्लेखित कार्यहरुमा खर्च गरिन्छ। अनुदान भएको कारणले यसमा कुनै ब्याज तिर्नुपर्ने पनि हुँदैन। एमसीसीको सहयोग लिँदा कुनै प्रकारको 'ऋणको चेपुवा' (debt trap) मा पर्ने खतरा पनि हुँदैन। यसअन्तर्गत निर्माण हुने संरचनाहरु बनाउने, रेखदेख गर्नेजस्ता कार्यहरु नेपाल आफैंले गर्नुपर्ने हुँदा सम्पत्तिमा स्वामित्व अमेरिकाको नहुने र नेपालकै हुने पनि प्रस्ट छ।

किन भयो अन्योल? 
यहाँनेर ‘लगानी’ शब्दको व्याख्या गर्दा केही बढाइचढाइ देखिन्छ। पहिलेदेखि नै एमसीसी सम्झौताबारे प्रवाह गरिएका कतिपय ‘गलत सूचना’को बाढीमा यो ‘लगानी’को भेल पनि मिसाउन खोजिएको देखिन्छ। तर, लिखित दस्तावेज़ र सन्दर्भहरु हेर्दा यो कार्यक्रमअन्तर्गत् अमेरिकाले अनुदान दिने र नेपालले आफ्नो पूर्वाधारमा लगानी गर्ने भनेको हो भनेर बुझ्न कठिनाइ पर्दैन।

कम्प्याक्ट सम्झौताको प्रस्तावनामै स्पष्टरुपमा नेपाल सरकारले जनतामा गर्ने लगानी (Investments in People) लाई अमेरिकी सरकारले एमसीसीमार्फत् अनुदान दिएर सहयोग गर्ने भनिएको छ। कम्प्याक्ट सम्झौताको दफा १.१ मा कम्प्याक्ट सहायताको उद्देश्य (Compact Goal) 'गरिबी निवारण गर्न आवश्यक आर्थिक विकासमा सहयोग गर्ने र त्यस्तो विकासले सुशासन, आर्थिक स्वतन्त्रता र नेपालका जनतामा लगानीलाई बढावा दिने' उल्लेख छ। 'जनतामाथि लगानी' भन्ने एमसीसी कार्यक्रमकै एउटा प्रमुख सर्त हो जहाँ अन्य सर्तहरु सुशासन र आर्थिक स्वतन्त्रता रहेका छन्। जनतामाथि लगानी गर्ने प्रतिबद्धता जाहेर गरेर नै विभिन्न देशले यो रकम प्राप्त गर्छन्। नेपालले पनि त्यो  प्रतिबद्धता जाहेर गरेर नै अनुदान प्राप्त गरेको हो। विभिन्न तेस्रो पक्षद्वारा तयार गरिएका प्रतिवेदनका आधारमा तयार गरिएको देशको स्कोर कार्ड (Country Score Card) को आधारमा अनुदान पाउनयोग्य देशहरुको सूची तयार गरी उनीहरुको प्रतिबद्धताको मूल्यांकन गरिन्छ।

एपीवान टीभीको कार्यक्रममा राजदूत बेरीले ‘दिस इज नट डेभ्लपमेन्ट असिस्टेन्स’ (यो विकास सहायता हैन!) भनेर चाहिँ किन भने त? यो प्रश्न महत्त्वपूर्ण छ। तर, यसभन्दा अघि सोधिएको प्रश्नको सन्दर्भमा राखेर हेरियो भने यो कुरा पनि बुझिन्छ। अन्तर्वार्ता लिने क्रममा भूषण दाहालले नेपालले पाइरहेको अन्य विकास सहायतालाई चाहिँ संसद्‍मा लान नपरेको, तर यो चाहिँ किन संसद्‍मै लानुपरेको होला भनेर पहिलेदेखि अमेरिकाबाट पाइआएका सहयोग र यो सहयोगबीचको भेद बताइदिन आग्रह गरेका थिए। त्यसपछि राजदूत बेरीले एमसीसीको कार्यक्रम अरु जस्तो नभइ यसमा जनताको अपनत्वको सिद्धान्त लागू हुने र जनताद्वारा चुनिएका प्रतिनिधिलाई यस प्रकारको लगानी नेपाललाई उपयुक्त छ वा छैन भनेर निर्णय गर्ने अवसर र मौका रहेको सन्दर्भमा लगानी शब्दमा विशेष जोड दिएको देखिन्छ। त्यसलगत्तै उनले भनेका छन्- 'यस सहायताबाट बन्ने सम्पूर्ण आयोजना नेपालको रहनेछ, त्यसैले यो कस्तो लगानी हो भन्ने प्रस्ट छ, यसमा स्वामित्व अमेरिकाको हुँदैन, नेपालको नै हुन्छ।'

अबको बाटो
एमसीसी सम्झौता धेरै गिजोलिइसकेको छ। अनि यसमा धेरै समय पनि खर्च भइसकेको छ। निर्धारित समय अर्थात् आजभन्दा दुई वर्ष पहिल्यै यो अनुमोदन हुन सकेको भए पूर्वाधार निर्माणका धेरै काम सम्भवतः निकै अघि बढिसकेका हुन्थे। जरुरी पूर्वाधार निर्माणमा खर्च गरिने ५०० मिलियन अमेरिकी डलर सहयोग आफैंमा महत्त्वपूर्ण थियो। तर, यति हुँदाहुँदै पनि देशको सार्वभौम निकाय संसद्‍ हो। कम्तीमा संसद्‍मा रहेका जनप्रतिनिधिहरुले सम्झौताका धारा र दफामा छलफल गरेर निष्कर्षमा पुग्न सकेको भए अहिले देखिएका धेरै समस्या समाधान भएर जाने थिए।

फेरि, पनि गठबन्धन सरकारका घटकदेखि संसद्‍मा रहेका सबै दलका शीर्ष नेताबीचमा सहमति गरेर यसलाई संसद्‍मा छलफल गर्नु नै मुलुकको हितमा हुनेछ। अब नेपालसँग न आलटाल गरेर बस्ने समय छ, न त एमसीसीले सधैंका लागि पर्खने धैर्यता देखाउने समय नै। यसर्थ, अब एमसीसीको सहायता लिने वा नलिने भनेर नेपालले निर्णय गर्नुपर्ने घडी आइपुगेको छ।

(दाहाल कानुन व्यवसायी हुन्। लेखकलाई [email protected] मार्फत् प्रतिक्रिया दिन सकिनेछ।)

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्