काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाको जोडीले पोखरामा जारी १८औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेको छ।
थापा र झ्याम्पा ढुण्डुपको जोडीले ५५ वर्षमाथिको डबल्समा उपाधि जितेको हो।
थापा र ढुण्डुपको जोडीले प्रतिष्पर्धात्मक खेलमा कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित निकाल्यो।
यसअघि थापा ५५ वर्षमाथिको स्पर्धामा भने घलेसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।