काठमाडौं– भारतीय क्रिकेट टोली यू–१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ। फाइनलमा भारतले श्रीलंकाको सामना गर्नेछ।
युएईको शारजाहमा भएको सेमिफाइनलमा भारतले बंगलादेशको यू–१९ टोलीलाई १०३ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो।
भारतका लागि शेख रसिदले सर्वाधिक ९० रन बनाए। कप्तान यशले २६ र राज बाजवाले २३ रन बनाए। अन्त्यमा विक्की ओस्टवालले १८ बलमा २८ रन बनाएर टोलीको स्कोर २४३ सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले।
जवाफमा बंगलादेशको टोली १४० रन बनाएर आउट भयो। दोस्रो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तान यू-१९ टोलीलाई २२ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।