फाइल तस्बिर
काठमाडौं– राजश्व अनुसन्धान विभागले मैतिदेवीको एक ज्वलरी वर्कशपले १२ करोड ५ लाख ८५ हजार ९ सय ७८ रुपैयाँको सुन तस्करी गरेको भन्दै चार सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ।
बुद्ध ज्वलरी वर्कशप प्रालिले उक्त रकम बराबरको सुन गैरकानुनी रुपमा भित्र्याएको भन्दै विभागले बुधबार उच्च अदालत पाटनमा चार सञ्चालकलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको हो।
विभागले सञ्चालकहरु बुद्ध विश्वकर्मा (शंकर), मेघराज विश्वकर्मा, अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातीविरुद्ध २४ करोड ११ लाख ७१ ह्जार ९ सय ५६ रुपैयाँ विगो र जरिवानाका साथै कैद सजाय माग गरेको छ।
उनीहरुले झापा र काठमाडौंमा बुद्ध ज्वेलरी चलाएका थिए। उक्त सुन उनीहरुले नेपाल राष्ट्र बैंकको नियमविपरीत भित्र्याएको दाबी अभियोगपत्रमा गरिएको छ।
सुन पैठारी गर्दा राष्ट्र बैकको निर्देशन कार्यबिधीका साथै प्रचलित विदेशी विनिमय ( नियमित गर्ने) ऐन २०१९ (संसोधनसहित) अनुसार प्रक्रिया पुर्याउनु पर्नेमा सोको विपरीत कार्य गरेको अभियोगपत्रमा दाबी गरिएको छ।
आज बजारमा प्रचलित दरअनुसार उक्त सुन १५ किलो बराबर हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।