काठमाडौं- राष्ट्रिय महिला लिग आगामी माघ दोस्रो साताबाट सुरू हुने भएको छ। ८ टोलीको सहभागिता हुने लिग माघ १५ गतेदेखि सुरू हुने अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले जानकारी दिएको हो।
आयोजकका अनुसार राष्ट्रिय लिगमा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।
धनगढी विजेता र ललिपतुर उपविजेताका रुपमा यो वर्षका लागि लिगमा छनोट भएका हुन्।
गतवर्ष एपीएफ क्लबले राष्ट्रिय महिला लिगको उपाधि जितेको थियो। आर्मी दास्रो भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।