काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र डा गोविन्द केसीबीच छलफल हुने भएको छ।
प्रधानमन्त्री देउवा र डा केसीबीच विहीबार अपराह्न साढे ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल हुन लागेको हो।
अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने तथा डा केसीले यही पुष ११ गते राखेका ७ बुँदे मागहरुका विषयमा छलफल हुन लागेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।