• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बाथरोगले ज्यानै लिनसक्छ : डा अभिलाषा शाह [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस १५, २०७८  १३:४२
1140x725

अहिले देशैभरि चिसो बढिरहेको छ। चिसो बढेसँगै यससँगै सम्बन्धित बिरामीहरु पनि बढेका छन्। दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला, रुघाखोकी, निमोनियाको बिरामी बढेका छन्। चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको चिकित्सकहरु बताउँछन्। बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरि गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्याउने भन्ने बारे चिकित्सक डा अभिलाषा शाहसँग न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ। प्रस्तुत छ डा शाहसँग गरिएको कुराकानी :

तपाईंले दिनहुँ बाथरोगका बिरामी जाँच गर्नुहुन्छ, कस्तो छ नेपालमा बाथरोगको अवस्था?

नेपालमा बाथरोग धेरै नै देखिएको छ। तर, त्यसको डाइगोनोसिस मात्रै नभएको हो। पहिला त बाथरोग भनेको के हो भन्नेनै धेरैले बुझेका छैनन्। सचेतना जानकारी नभएर पनि होला। बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा नगइकन यो डाइगोनोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खाली बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ र धारणा छ।

डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वमा १० प्रतिशत भन्दा धेरैलाई बाथरोग छ। नेपालमा कति जनालाई बाथ छ, के छ? भन्नेबारे अध्ययन भएको छैन। तर, अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइनोसिस हुन थाल्यो। त्यसपछि बाथका बिरामीहरु दिनदिनै बढेको देखिन्छ।

बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखा पर्दछ?

बाथरोग एक प्रकारको अटो इम्युनडिजिज पनि हो। अटो इम्युन भन्नाले के हो भने, जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ। बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली काम काम गर्ने हुन्छ। अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पुर्‍याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ। यो एउटा अटो इम्युन रोग हो। कुनै बाथरोग वंशाणुगत पनि आएको देखिन्छ। स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो। कुनै बाथ जसले मांशापेशीलाई मात्र असर गर्दछ।

कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने, प्रारम्भिक रुपमा कसरी अनुमान गर्न सकिन्छ? 

सामान्यतया जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोनीहरु दुख्ने, जोर्नीहरु सुन्निने, बिहान सुतेर उठ्दा जोर्नीहरु कक्रक्क पर्ने, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने लगायतका बाथको शुरुवाती लक्षण हो। बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ। जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ। बाथ सयौँ प्रकारको हुन्छ। जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ ।

Ncell 2
Ncell 2

सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो। कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई र्‍यास भनिन्छ। गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन्।

चिसोमा बाथका बिरामीहरुलाई बढी समस्या हुन्छ भनिन्छ, किन होला?

अब त्यो कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दु:ख दिने हुन्छ। त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन। बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ। तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो।

बाथ रोगीको  कसरी हेरचाह गर्ने, कस्तो खानपिन गर्ने, कस्तो औषधि लिने?

बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ।

कस्तो अवस्थामा अस्पताल जाने, हामी कहाँ बाथरोगको लागि कस्तो उपचार व्यवस्था छ?

लक्षणहरु कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरु त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने। समयमै राइट डाइनोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ।

बाथ यतिसम्म खतरनाक हुन्छ कि, त्यसले ज्यान जानसक्ने पनि हुनसक्छ। त्यसैले समयमै त्यसको डाइनोसिस गर्दा राम्रो हुन्छ। त्यसको लागि हामीले अल्का अस्तालमा बारम्बार अवेरनेश कार्यक्रमहरु गरिरहेका हुन्छौँ। त्यसमा मेडिकल क्याम्प, फ्रि क्याम्प, गरिरहेका हुन्छौँ र अहिले पनि अल्का अस्पतालमा नै नौ दिनको ठूलो क्याम्प गरिहेका छौँ। त्यसमा बाथमा विभिन्न परीक्षणहरु निःशुल्क गरिरहेका छौँ। साथै औषधि पनि। अहिले दोस्रो चरणको शिविर चलिरहेको छ। 

बाथरोग भएका बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने?

बाथ भनेको सानो बच्चादेखि बुढाबुढीसम्म जुनकुनै पनि एज ग्रुपमा लाग्न सक्छ। लक्षण देखियो भने समयमै उपचार गर्नुपर्छ। बच्नको लागि तातो, न्यानो गर्नुपर्छ। अर्को कुरा केही गरी कसैको तौल उमेरअनुसार भन्दा धेरै छ भने तौल ठीक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरु र डाइटहरुमा नियन्त्रण गर्ने गर्नुपर्छ। बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाइ छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ। 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
चुनाव सारे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी, आफूहरुको शक्तिलाई खेलाँची नठान्न चुनौती शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्