• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बाथरोगले ज्यानै लिनसक्छ : डा अभिलाषा शाह [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस १५, २०७८  १३:४२
1140x725

अहिले देशैभरि चिसो बढिरहेको छ। चिसो बढेसँगै यससँगै सम्बन्धित बिरामीहरु पनि बढेका छन्। दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला, रुघाखोकी, निमोनियाको बिरामी बढेका छन्। चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको चिकित्सकहरु बताउँछन्। बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरि गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्याउने भन्ने बारे चिकित्सक डा अभिलाषा शाहसँग न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ। प्रस्तुत छ डा शाहसँग गरिएको कुराकानी :

तपाईंले दिनहुँ बाथरोगका बिरामी जाँच गर्नुहुन्छ, कस्तो छ नेपालमा बाथरोगको अवस्था?

नेपालमा बाथरोग धेरै नै देखिएको छ। तर, त्यसको डाइगोनोसिस मात्रै नभएको हो। पहिला त बाथरोग भनेको के हो भन्नेनै धेरैले बुझेका छैनन्। सचेतना जानकारी नभएर पनि होला। बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा नगइकन यो डाइगोनोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खाली बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ र धारणा छ।

डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वमा १० प्रतिशत भन्दा धेरैलाई बाथरोग छ। नेपालमा कति जनालाई बाथ छ, के छ? भन्नेबारे अध्ययन भएको छैन। तर, अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइनोसिस हुन थाल्यो। त्यसपछि बाथका बिरामीहरु दिनदिनै बढेको देखिन्छ।

बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखा पर्दछ?

बाथरोग एक प्रकारको अटो इम्युनडिजिज पनि हो। अटो इम्युन भन्नाले के हो भने, जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ। बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली काम काम गर्ने हुन्छ। अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पुर्‍याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ। यो एउटा अटो इम्युन रोग हो। कुनै बाथरोग वंशाणुगत पनि आएको देखिन्छ। स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो। कुनै बाथ जसले मांशापेशीलाई मात्र असर गर्दछ।

कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने, प्रारम्भिक रुपमा कसरी अनुमान गर्न सकिन्छ? 

सामान्यतया जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोनीहरु दुख्ने, जोर्नीहरु सुन्निने, बिहान सुतेर उठ्दा जोर्नीहरु कक्रक्क पर्ने, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने लगायतका बाथको शुरुवाती लक्षण हो। बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ। जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ। बाथ सयौँ प्रकारको हुन्छ। जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो। कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई र्‍यास भनिन्छ। गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन्।

चिसोमा बाथका बिरामीहरुलाई बढी समस्या हुन्छ भनिन्छ, किन होला?

अब त्यो कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दु:ख दिने हुन्छ। त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन। बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ। तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो।

बाथ रोगीको  कसरी हेरचाह गर्ने, कस्तो खानपिन गर्ने, कस्तो औषधि लिने?

Xtrem

Xtrem

बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ।

कस्तो अवस्थामा अस्पताल जाने, हामी कहाँ बाथरोगको लागि कस्तो उपचार व्यवस्था छ?

लक्षणहरु कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरु त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने। समयमै राइट डाइनोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ।

बाथ यतिसम्म खतरनाक हुन्छ कि, त्यसले ज्यान जानसक्ने पनि हुनसक्छ। त्यसैले समयमै त्यसको डाइनोसिस गर्दा राम्रो हुन्छ। त्यसको लागि हामीले अल्का अस्तालमा बारम्बार अवेरनेश कार्यक्रमहरु गरिरहेका हुन्छौँ। त्यसमा मेडिकल क्याम्प, फ्रि क्याम्प, गरिरहेका हुन्छौँ र अहिले पनि अल्का अस्पतालमा नै नौ दिनको ठूलो क्याम्प गरिहेका छौँ। त्यसमा बाथमा विभिन्न परीक्षणहरु निःशुल्क गरिरहेका छौँ। साथै औषधि पनि। अहिले दोस्रो चरणको शिविर चलिरहेको छ। 

बाथरोग भएका बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने?

बाथ भनेको सानो बच्चादेखि बुढाबुढीसम्म जुनकुनै पनि एज ग्रुपमा लाग्न सक्छ। लक्षण देखियो भने समयमै उपचार गर्नुपर्छ। बच्नको लागि तातो, न्यानो गर्नुपर्छ। अर्को कुरा केही गरी कसैको तौल उमेरअनुसार भन्दा धेरै छ भने तौल ठीक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरु र डाइटहरुमा नियन्त्रण गर्ने गर्नुपर्छ। बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाइ छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ। 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्