काठमाडौं– र्यापर तथा टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर ‘लाहुरे’लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई खैरो हेरोइन सेवन गरेको आरोपमा पक्राउ गरेको हो।
कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाहुरेलाई पोखराबाट बुधबार खैरो हेरोइन सेवनकाे आराेपमा पक्राउ गरिएको छ।
पोखराको न्युरोडबाट उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख थापाले बताए। उनले भने, ‘बुधबार पक्राउ गरिएको हो। आज सार्वजनिक बिदा भएकाले भोलि म्याद थप गरी अनुसन्धान हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।