प्रतीकात्मक तस्बिर
काठमाडौं– भेरी अस्पतालको स्टोर कोठामा ४ जना मृत अवस्थामा भेटिएका छन्। अस्पतालको स्टोर कोठामा सुतेका सात जनामध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए।
घटनाको प्रारम्भिक अवस्था हेर्दा निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। कोठाका कोइला बाली सबै झ्याल ढोका थुनेका कारण निसासिएर मृत्यु भएको हुन सक्ने उनले बताए।
मृत्यु हुनेमा स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला र धनप्रसादकी बहिनी २२ बर्षीया कोली भट्टराईको रहेको अधिकारीले बताए।
कोठामा सुतेका भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको छ। घाइतेहरुको भेरी अस्पतालमै उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।