काठमाडौं– अन्तिम समयमा सम्हालिन चेल्सीले लिग तालिकाको दूरी घटाउने अवसर गुमाएको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीका रोमेलु लुकाकुले गोल गर्दा ब्राइटनका ड्यानी वेलवेकले गोल फर्काए। खेलको २८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। उनले मासन माउन्टको पासमा हेडमार्फत गोल गरेका थिए।
इन्ज्युरी समयको पहिलो मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए।
बराबरीपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २० खेलबाट ४२ अंक पुगेको छ। चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ८ अंकले पछि पर्दा एक खेल कम खेलेको लिभरपुलभन्दा १ अंकले अघि छ।
ब्राइटन १८ खेलबाट २४ अंक जोडेर १०औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।