काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाका थप तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ। बार्सिलोनाले पछिल्लो परीक्षणमा स्यामुयल उम्टिटी, औसमाने डेम्वेले र गाभीलाई संक्रमण पुष्टि हो।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको र अहिले सेल्फ आइसोलेसनमा रहेको क्लबले जनाएको छ।
योसँगै बार्सिलोनामा कोरोना हुने खेलाडीको संख्या ७ पुगेको छ। यसअघि ड्यानी आल्भेस, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट र एलेसान्द्रो वाल्डेलाई कोरोना पुष्टि भएको थियो।
बार्सिलोना अहिले ला लिगामा १८ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा रहेको छ भने शीर्षस्थानको रियल मड्रिडभन्दा १८ अंकले पछि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।