बागलुङ- कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका-१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
फक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
गत मङ्सिर ९ गते निसीखोला गाउँपालिका-६ का ३१ वर्षीय टेकबहादुर बुढामगरको हत्या आरोपी उनकै श्रीमती २३ वर्षीया मोनिकालाई अनुसन्धानपछि पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।