सांकेतिक तस्बिर
बलेवा- मंगलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ-पातिहाल्ने खण्ड अवरुद्ध भएको हो।
जिल्लाको निसीखोला गाउँपालिका-६ सिपमा दुई फिटभन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन्।
हिउँ जमेकाले सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए। भारी हिमपातले कुनै मानवीय क्षति नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।