काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ।
काठमाडौं उपत्यकाको फुलचोकी, चन्द्रागिरि लगायतका स्थानका साथै देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
इलामको उच्च पहाडी जिल्लादेखि डडेल्धुराका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो।
त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ।
.jpg)
बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा हिमपात हुँदा विभिन्न राजमार्ग समेत अवरुद्ध भएको छ।
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ।
उता हुम्लामा भारी हिमपात भएको छ भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ।
.jpg)
आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ। सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ। हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ।
जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन पनि वर्षा र हिमपातले नराम्रोसँग प्रभावित भएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरु : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।