काठमाडौं– यो वर्षको भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम ललितपुरको पाटन दरबार स्क्वायरमा हुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको भूकम्प सुरक्षा दिवस, २०७८, मूल समारोह समितिको बैठकले मूल समारोहको कार्यक्रम पाटन दरबार स्क्वायरमा गर्ने निर्णय गरेको हो।
कार्यक्रमको प्रमुख अतिथिको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा गृहमन्त्री खाणले कार्यक्रम औपचारिकभन्दा पनि सन्देशमूलक तरिकाले मनाउने तयारीमा सरकार लाग्ने बैठकमा बताए। ‘यस पटकको भूकम्प दिवसको कार्यक्रम सचेतना जगाउने र सम्भव भएसम्म सबै नागरिक त्यसमा पनि खासगरी युवा र विद्यार्थीहरूलाई थाहा हुने गरी प्रचार प्रसार गर्ने गरी गर्नुपर्छ,’ गृहमन्त्री खाणले भने।
सरकाले ‘बहुप्रकोपीय विपदमा भूकम्प सुरक्षा, साझा सहकार्यमा जन धनको रक्षा’ नाराका २४औं भूकम्प सुरक्षा दिवस मनाउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।