काठमाडौं- राजधानी आसपासका डाँडामा बिहानदेखि हिमपात भइरहेको छ।
रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि, फुलचाेकी, शिवपुरीलगायत डाँडामा हिमपात सुरु भएको हो। चिसो मौसममा प्रायः हिमपात हुने उपत्यका आसपासका डाडाँमा यो वर्ष पहिलोपटक हिउँ परेको हो।
आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ। देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ। रातिदेखिको वर्षा अहिले पनि जारी छ। वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।