काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको रहँदा देशभर सामान्यदेखि पूर्ण बदलीरहि अधिकांश स्थानहरुमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पौने ९ बजेसम्म देशका अधिकांश जसो स्थानमा वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा सिमरामा सबैभन्दा धैरै वर्षा भएको छ । विभागका अनुसार सिमरामा १३ मिलिमिटर पानी परेको छ।
त्यसपछि धेरै पानी भैरहवामा र डडेल्धुरामा परेको छ। भैरहवामा १२ दशमलव ६ र डडेल्धुरामा १२ दशमलव २ मिलिलिटर वर्षा भएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ ।
काठमाडौंको विहान पौने ९ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.७ रहेको छ भने अधिवकतम तापक्रम १५. २ रहेको छ।
जुम्लाको तापक्रम माइनस ६ डिग्री रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।