काठमाडौं– मंगलबार रातिदेखि परेको पानीका कारण सुदुरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ। उच्च पहाडी भेगमा हिमपातपछि अत्याधिक चिसो बढेको स्थानीयले बताएका छन्।
सुदुरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च पहाडी भेगमा हिमपात सुरु भए सँगै चिसो बढेको हो।
हगुल्टे, साहुखर्क क्षेत्रमा रातीदेखि नै हिमपात भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एकमात्र सडक भिमदत्त राजमार्गसमेत अवरुद्ध भएको छ।
भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानैदेखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको उनले बताए।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।