काठमाडौं– इंग्लिस प्रिमियर लिगको खेलमा टोटेनहम बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा खेलेको हो।
खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३९ औं मिनेटमा मोहमद सालिसु रातो कार्ड पाएर बाहिरिएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो।
खेलको ४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए। खेलको ५३ औं मिनेटमा केनले गरेको गोल भीएआरमा मान्यता नपाउँदा टोटेनहम बराबरीमा रोकियो।
बराबरीसँगै १७ खेलबाट ३० अंक जोडेको टोटेनहम छैटौं स्थानमा रहेको छ भने साउथह्याम्पटन २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
मंगलबारै सम्पन्न अन्य खेलमा क्रिस्टल प्यालेसले नर्विचलाई ३–० ले तथा वेस्ट ह्यामले वाट्फोर्डलाई ४–१ ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।