काठमाडौं- उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतले विज्ञापन विवादमा दोस्रो सुनुवाइ नभएसम्मका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको हो।
न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई लिखित जवाफसहित छलफलमा उपस्थित हुन आदेश गरेको छ।
लोकसेवा आयोगले २०७६ मा गरेको विज्ञापनबमोजिम सबै चरणका परीक्षा दिइ अन्तिम नतिजाको पर्खाइमा रहेका छ जना रिट निवेदकको मुद्दामा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।