• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कमलादीमा भेटिएका ‘राता मान्छेहरू’ : मलाई नसोध कहाँ दुख्छ घाउ!

64x64
धनु विश्वकर्मा बुधबार, पुस १४, २०७८  १२:०५
1140x725

काठमाडौं– मध्य पुसमा काठमाडौं निकै चिसिएको छ। गुल्जार गल्लीहरु सबेरै निदाउँछन्। बिहान अबेर उठछन्। चिसोले ठिहिर्‍याएको छ काठमाडौंका कानहरू। नाकबाट पानी बगिरहेको छ। र, कठ्याङ्ग्रिएका छन् औंलाहरू।  

तर, कमलादीस्थित प्रज्ञा भवन भने माओवादी महाधिवेशनको रापतापले तातिएको छ। जहाँ देरैभरबाट आएका ‘ऊर्जावान’ कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले एक/एक ‘मसाल’को काम गरिरहेका छन्। यस्तै एक मसाल हुन्, उदयपुरको कटारी–२ का विनोद कटुवाल।

उनी माओवादीको उदयपुर जिल्ला अध्यक्ष पनि हुन्। उनको परिचय यत्तिमै सीमित छैन। उनको परिचयमा एउटा पीडा, एउटा घाउ पनि जोडिएको छ कहिल्यै नमेटिनेगरी– सहिद परिवारका सदस्य।

उनी सकेसम्म ती दिनहरु सम्झन चाहँदैनन्। जब उनलाई ती दिनहरु सम्झना आउँछ, मनमा विद्रोहको ज्वारभाटा उम्रिन्छ। आक्रोशका छालहरु उर्लिन थाल्छन्। पीडाको प्यारामिटर उकालो लाग्छ।  

विनोदका अनुसार उनी १२ वर्षको हुँदा राज्य पक्षले उनका बुवा मोहन कटुवालको हत्या गर्‍यो– २०५५ सालमा। बुवाको हत्या गरेको चार वर्षपछि राज्य पक्षले नै विनोदकी आमा गंगाको हत्या गर्‍यो–२०५९ मा। विनोद र उनका दाजुबहिनीले बुवाआमाको लास समेत हेर्न पाएनन्।

उसो त विनोद आमाको हत्या हुनुभन्दा २ वर्षअघि नै माओवादीमा पूर्णकालीन भइसकेका थिए। जब, बुवाको हत्या भयो उनको बाल मष्तिष्कमा प्रतिरोधको बिउ रोपियो। उनी कक्षा ८ मा पढ्दापढ्दै १४ वर्षकै उमेरमा ‘मृत्यु या मुक्ति’का लागि ‘राता मान्छे’हरुसँग गोलबन्द भए। 

समय बित्दै गयो। माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो। पटक-पटक सरकारमा सहभागी भयो। केहीपल्ट सरकारको नेतृत्व गर्‍यो। तर, विनोदजस्ता कयौं मान्छेहरूको पीडा सम्बोधन गर्न सकेन। सशस्त्र युद्धकालमा अभिभावक गुमाएका, सन्तान गुमाएका र बेपत्ता पारिएकाका आफन्तहरूको पीडा उस्तै छ। घाउ उस्तै छ।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमणकालीन न्याय निरुपणमा माओवादी र राज्यले चासो नदिँदा विनोदहरु पीडा गुनगुनाइरहेका छन्। हरिभक्त कटुवालको शब्दमा नारायण गोपालले भनेजस्तै– मलाई नसोध कहाँ दुख्छ घाउ!

माओवादी भएकै कारण उनको परिवार विस्थापित भयो। उनीहरू माओवादीको सहयोगमा सिन्धुपाल्चोकमा आएर विस्थापित जीवन बिताए। उनका दाजु पनि भूमिगत भएका थिए। तर, शान्ति प्रक्रियापछि भने उनी राजनीति त्यागेर घरव्यवहारमा रमाइरहेका छन्।

विनोदले पनि युद्धकालमै मकवानपुरकी शर्मिला पाख्रिनसँग जनवादी विवाह गरे। उनीहरुको दुई छोरा छन्। शर्मिलाले पनि युद्धकालमा बुवा गुमाइन्। विनोद राजनीतिमा सक्रिय रहेपनि शर्मिला भने घरायसी जीवनमै अल्झिरहेकी छन्। 

आफूले लामो समय रगत, पसिना बगाएको पार्टी उनलाई अहिले कस्तो लाग्छ त? भन्छन्, ‘पार्टी पुँजीवादमा फस्यो। सहिद परिवार, घाइते, अपांग र बेपत्ताका पीडा जस्ताका तस्तै छन्। गणतन्त्रका लागि आहुती दिनेहरु खोइ कता छन् आज?’ 

नेतृत्वले अब यी समस्या सम्बोधन गरोस् भन्ने विनोदको चाहना छ। 

‘जनयुद्ध’की हसिना अमिना बनेर काठमाडौं आइन्
कपाल सेतै छ। मुजा परेका उनका गालाहरुले निर्धक्क बुढ्यौलीको परिचय दिइरहेका छन्। तर, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दपुरकी अमिना खातुनले कहिल्यै निर्धक्कको जीवन बाँच्न पाइनन्। थाहा छैन, गाउँको नामजस्तै उनको जीवन कहिले सुन्दर हुन्छ? 

तर, उनी हरेकपटक माओवादीका कार्यक्रममा सहभागी भइरहन्छिन्। नहोऊन् पनि कसरी! उनी आफैं द्वन्द्वकालमा भूमिगत भएकी थिइन्। उमेरले ६ दशक नजिक पुगेकी अमिनाले कक्षा २ सम्म मात्र पढेकी छन्। 

महिला र दलितमाथि भइरहेको शोषनका विरुद्ध उनी २०५४ सालमै भूमिगत भइन्। विद्रोहको मसाल सल्काइन्। अन्यायका विरुद्ध आगो ओकल्न हिँडिन्। उनी युद्धमा हिँडिन्, यता उनका पति तहिदर रहमान बेपत्ता भए। अहिलेसम्म उनी बेपत्ता छन्। युद्धकालमा हसिना भनेर चिनिएकी अमिनालाई अब आफ्ना बेपत्ता लोग्ने फर्केर आउँछन् भन्ने आश छैन। तर, बेपत्ताहरुको खोजीका लागि पार्टीले केही गरिदिए हुन्थ्यो भन्ने चाहिँ लागिरहन्छ।

माओवादीको जारी महाधिवेशनमा उनी मुस्लिम कोटाबाट प्रतिनिधि भएर आएकी रहिछन्। उनले महाधिवेशनमा अध्यक्ष प्रचण्डलाई भेट्ने मौका पाइन्। अमिना माओवादी र राज्यबीच शान्ति सम्झौता भएपछि पहिलोपटक काठमाडौं आएकी हुन्। त्यतिबेलाको भेटमा प्रचण्ड तन्नेरी लाग्थ्यो उनलाई। तर, अहिले प्रचण्ड बूढो लाग्छ– बूढो हुँदै गएको माओवादी आन्दोलनको रापतापजस्तै। 

‘प्रचण्ड पनि बूढा भएछन्। आन्दोलन पनि बूढो भयो। हिजोजस्तो जोस, जाँगर रहेन’, प्रज्ञा भवन परिसरमा टाँगिएका नारैनाराको फ्लेक्सतर्फ हेर्दै अमिनाले लामो सास तानिन्।

‘जनयुद्ध’को निसाना बोकेका पासाङ
२०५७ साल वैशाख वैशाख ४ गते। नयाँ वर्षको रौनक बाँकी नै थियो। त्यो भन्दा बढी देशमा द्वन्द्वको आगो झन् बढिरहेको थियो। लिखुपिके गाउँपालिकाका पासाङ शेर्पा त्यही दिन माओवादी युद्धमा होमिए। 

पहिले एमालेन अखिलमा लागेका उनलाई माओवादीका अजेण्डा मन परे। पछि उतै लागे। माओवादीमा सेनाको कमाण्डर भएर काम गरे। 

दुःखद् संयोग! उनी वैशाखमै घाइते भए। २०६२ वैशाख २० गते युद्धबिराम हुँदै थियो। त्यसको तीन दिन अगाडि मोरङको रमितेमा उनी सेनासँगको दोहोरो भिडन्तमा परे। गोली लागेर उनको तिघ्राको हड्डी छिया छिया भयो। युद्धको निसाना बोकिरहेका पासाङ अहिले पनि वीर अस्पतालमा उपचारका लागि पुगिराख्छन्। वीरमा उनको उपचार चलिरहेको छ। 

घाइते अपांग संघको केन्द्रीय उपाध्यक्षसमेत रहेका पासाङ माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका छन्। 

‘अहिलेसम्म औषधी खाइराख्नुपर्छ। हिँड्न गाह्रो हुन्छ। फुटेको ठाउँमा स्टिल राखेको छ। त्यही स्टिलले फेरि समस्या गराएको छ’, पासाङ भन्छन्, ‘अस्पतालले फेर्नुपर्छ भनेको छ। यो निकै खर्चिलो छ। पहिले संगठनले उपचार गर्‍यो। मेरो आफ्नै ७/८ लाख खर्च भइसकेको छ।’

माओवादीप्रति उनका धेरै गुनासा छन्। द्वन्द्वका घाइतेलाई उपचार गर्न नसकेको माओवादीप्रति आक्रोशित पनि छन्। 

‘श्रेणीका आधारमा भत्ता दिन्छु भनेको राज्यले। तर, पावर हुनेले पाएका छन्। जो युद्धका वास्तविक घाइते हुन्, तिनले पाएका छैनन्’, उनले भने। 

उनले माओवादी महाधिवेशनस्थल चहारे। भित्ताहरूमा प्रचण्ड–बाबुरामका फोटा टाँसिएका छन्। तर, युद्धमा बलिदान गरेका सहिदहरुका फोटो नदेख्दा पासाङको मन दुख्यो। हिजो राज्यसँग लडेका उनी आज पार्टीसँग लड्नु परिरहेको बताउँछन्।

‘यो परिवर्तन सामन्तीले किस्तीमा राखेर दिएको होइन। यी सहिद, घाइते र बेपत्ताको रगतमाथि होली खेलेर आएको हो’, उनी आक्रोशित बने, ‘सकिन्छ सम्मान गर। सक्दैनौ, अपमान पनि नगर।’

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्