काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुँजीबजारप्रतिको दृष्टिकोष नकारात्मक रहेको स्पष्ट पारेका छन्।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा उनले पेस गरेको प्रतिवेदनमा पुँजीबजारलाई अरूको सम्पत्ति हडपेर अकुत सम्पत्ति आर्जन गर्ने ठाउँ भएको उल्लेख गरेका छन्।
उनले पछिल्लो समय पुँजीबजारप्रति गरेको टिप्पणी चर्चाको विषय बनेको थियो। उनले पुँजीबजारलाई पैसाबाट पैसा कमाउने, अनुत्पादक, साम्राज्यवादको नयाँ रूपको संज्ञा दिएका छन्। उनले छिटो पैसा कमाउनको लागि पुँजीबजार र घरजग्गामा लगानी गर्ने प्रवृत्ति बढेको उल्लेख गरेका छन्।
प्रचण्डको उक्त प्रतिवेदनमा भनिएको छ, 'उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।