काठमाडौं– कीर्तिमानी अल्ट्रा म्याराथन धावक मीरा राई रारा म्याराथनको सद्भावना दूत नियुक्त भएकी छन्।
आउँदो वैशाख ११ गते मुगुको रारा तालदेखि जुम्लासम्म हुने ‘रारा म्याराथन’का लागि मीरालाई सद्भावना दूत नियुक्त गरिएको आयोजक संस्थाका अध्यक्ष जयनारायण शाहले बताए।
रारा म्याराथत ‘अन्तराल’को आयोजना र व्यवस्थापनमा हुँदैछ। प्रतियोगितामा पुरुष तथा महिला दुई विधामा फुल म्याराथन आयोजना हुनेछ।
मीराले आफू प्रतियोगीका रुपमा नभई नयाँ खेलाडीलाई प्रोत्साहन गर्न रारा म्याराथनमा उनीहरुसँगैं दौडिने बताइन्।
मीरा विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथ्लेटक हुन। दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीराले सन् २०१७ को ‘नेसनल जोग्राफी एडभेन्चरर अफ द इयर’ जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।