काठमाडौं- राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल आइपुगेका छन्। झण्डै दुई महिनादेखि उनी नेपालबाहिर रहेका उनी सम्झौता प्रारम्भ हुनुभन्दा केही दिन अगाडि नेपाल आइपुगेका हुन्।
गत असोज मध्यतिर माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि उनी राजीनामा घोषणा गरेर उतैबाट कतार फर्किएका थिए।
यद्यपि, कतार फुटबल संघको आग्रहमा कतारमै रहँदा सन् २०२२ जनवरी १ देखि २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने गरी उनले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेका थिए।
नयाँ सम्झौतापछि कात्तिकमा नेपाल आएर उनी पुनः कतार फर्किएका थिए। कात्तिक १६ गते पत्रकार सम्मेलनमा एन्फाले अल्मुताइरीलाई विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको जानकारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।