फाइल तस्बिर।
काठमाडौं– देशका उच्च पहाडी र हिमाली क्षेत्रमा आज हिमपात हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महशाखाले दिएको जानकारी अनुसार हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा देशभर बदलीको अवस्था छ।
न्यूनचापीय प्रणालीका कारण उच्च पहाडी र हिमाली भू-भागमा हिमपात तथा पहाडी र तराईका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि, बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।