काठमाडौं– आप्रवासनका जानकार केशव बस्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकार नियुक्त भएका छन्।
बर्दियाका बस्यालले दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)बाट विद्यावारिधी गरेका छन्। उनले भारतमा रहेका नेपाली तथा उनीहरुको सरोकारको विषयमै विद्यावारिधी गरेका हुन्।
बस्याल वैदेशिक रोजगारी र त्यससँग जोडिएका मुद्दाहरुमा समेत अभियन्ताको रुपमा सक्रिय थिए। उनी त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसँग समेत सम्बद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।