काठमाडौं– नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। बेष्ट अफ फाइभमा जारी खेलको तेस्रो राउन्ड सकिँदा नेपाल २–१ ले अघि छ।
खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार बिहान नेपाली समयअनुसार ११ः१५ बजे सुरु भएको हो। अब बाँकी दुई सेटमा एक सेट जिते नेपाल च्याम्पिपयन बन्नेछ।
नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो। नेपालले च्याम्पियनसिपको राउन्ड रोविनको पाँच खेलमा १७ सेट खेल्दा १५ सेट जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।