काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।
महाधिवेशनको बन्दसत्रकै बीचमा प्रज्ञा भवनमा पार्टीको स्थायी समिति बैठक सुरु भएको हो।
आइतबारबाट सुरु भएको माओवादी केन्द्रको महाधिवेशमा आज अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलका लागि २५ वटा समूह बनाइएको छ। छलफलका लागि अधिकांश समूहले प्रज्ञा प्रतिष्ठानकै हल उपयोग गर्ने छन्। केही समूहले पार्टी कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा पनि छलफल गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।