काठमाडौं– मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, सोमबार १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँमा प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ।
अघिल्लो दिन सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।