काठमाडौं– नेपाली मूलका सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्समा ‘रिम्याच’ उपाधि पाएका छन्। सोमबार भएको फाइनलमा साहले ‘रिम्याच’ उपाधि पाएका हुन्।
सोमबारको फाइनल कार्यक्रममा २०२०को बीबीसी मास्टरसेफमा फाइनलमा प्रतिस्पर्धा गरेका सन्तोषसँगै फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्कबीच भिडन्त भएको थियो। बीबीसीले विगतका वर्षहरुमा फाइनलसम्म पुगेका सेफहरुबीच प्रतिस्पर्धा गराएर ‘रिम्याच’ उपाधि विजेता छानेको थियो।
उनीहरुमध्ये सन्तोषले सबैलाई पछि पार्दै ‘रिम्याच’ उपाधि हात पारेका हुन्। उनले यसपटक कुखुराको तिते, अनानस बुनियाँ, सौप आइसक्रिमसहित विभिन्न १८ किसिमका नेपाली मौलिक परिकार निर्णायकका सामुन्ने राखेका थिए।
सन्तोषले केही महिनाअघि नेपाल आउँदा आफूले सिकेका कुरा यसपटकको कार्यक्रममा प्रस्तुत गरेको बताएका थिए। सन्तोष गत वर्ष भएको ‘मास्टर सेफ प्रोफसनल्स’मा पनि उपविजता बनेका थिए। यसपटक भने उनले निर्णायकहरुको मन जित्दै आफूलाई विजयी बनाउन सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।