काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका सहायक रथी प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच दुवै उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
साथै, सोही कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथीमा पदोन्नति भएका सातमध्ये चार जना महा–सेनानीलाई समेतसहायक रथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरेका थिए।
उपरथी केसी सैनिक इन्टेलिजेन्स कोरमा तथा उपरथी शर्मा उपत्यका कमाण्डको कमाण्ड सेनापतिमा नियुक्ति भएको जंगी अड्डाले जनाएको छ।
उनीहरु सबै पुस ८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बढुवा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।