काठमाडौं– चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन्।
यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेको तथ्यांक छ। कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताए। त्यस्तै, मंसिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन्।
निकुञ्जले सो अवधिमा घुम्ने पर्यटकबाट १ करोड २९ लाख ९५ हजार १५० रुपैयाँ राजस्व संकलन गरेको छ। निकुञ्जले सबैभन्दा बढी राजस्व मंसिर महिनामा सङ्कलन गरेको भन्दै सूचना अधिकारी तिवारीले बताए। निुकञ्जले मंसिरमा मात्रै ५४ लाख १२ रुपैयाँ राजस्व संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।