काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेड घरेलु टोली न्यू क्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
सेन्ट जेम्स पार्कमा सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गरे भने युनाइटेडका इडिन्सन काभानीले बराबरी गोल फर्काए।
खेलको सातौं मिनेटमा नै एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ७१औं मिनेटमा काभानीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।
बराबरीसँगै युनाइटेड १७ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा रहेको छ भने पराजित न्यू क्यासल ११ अंकका साथ लिग तालिकाको १९औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।