• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बन्दुक बोकेर युद्धमा, वैशाखी टेकेर महाधिवेशनस्थलमा, तर प्रतिनिधि होइनन् वृक्षा

64x64
धनु विश्वकर्मा मंगलबार, पुस १३, २०७८  ०९:०४
1140x725
तस्बिर: निमेषजंग राई/नेपाल लाइभ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन भइरहेको कमलादीस्थित प्रज्ञा भवनबाहिर भेटिइन् वृक्षा उखेडा। उनी वैशाखीको सहारामा त्यहाँ पुगेकी थिइन्। सोमबार प्रज्ञा भवनभित्र महाधिवेशन चलिरहँदा बाहिर घरी प्रज्ञाका भित्ता हेरेर टोलाउँथिन्, घरी पुस्तक बिक्री केन्द्रमा ‘प्रगतिशील’ पुस्तकहरू खोजिरहेकी हुन्थिन्।

रुकुमकी उखेडा महाधिवेशन प्रतिनिधि होइनन्। तर, कमलादीस्थित प्रज्ञा भवनभित्र बन्दसत्र चलिरहँदा उनी पनि त्यहाँ पुगेकी थिइन्। प्रतिनिधि नभए पनि महाधिवेशनस्थल नगइ उनलाई चित्तै बुझेन।

उखेडा ‘जनयुद्ध’को घाइते हुन्। घर बाँफीकोट गाउँपालिका-२ पश्चिम रुकुममा पर्छ। अहिले बाँकेको कोहलपुर बस्छिन्। उपचार र ‘फलोअप’का लागि समय-समयमा काठमाडौं आइरहनुपर्छ। वीर अस्पताल र ट्रमा सेन्टर धाउन थालेको निकै वर्ष भइसक्यो।

यसपटक पनि उनी उपचारकै सिलसिलामा काठमाडौं आएकी हुन्। एक महिनाअघि आएकी उनलाई महाधिवेशनको रौनकले छोइहाल्यो। अनि, आइतबार उद्घाटनसत्र र सोमबार बन्दसत्र दुवै दिन प्रज्ञा भवन पुगिन्।

प्रज्ञा भवनमा राखिएका ब्यानर र सजाइएका प्रचण्डका तस्बिरहरू उनले बारम्बार हेरिन्। नाराहरू पढिन्। अनि आफ्नो विगतमा डुबिन्।

अझै पनि उनलाई पार्टीले ‘केही गर्छ’ भन्ने आशा छ। देश परिवर्तनको एजेन्डा माओवादीले मात्र बोक्न सक्छ भन्ने विश्वास छ। जस्तो विश्वास बोकेर कुनै समय युद्धमा होमिएकी थिइन्, त्यो हराएको छैन।

तर, आशंका भने उब्जिएको छ। ‘अहिले कमरेड प्रचण्ड स्वयम् संसद्‍वादी व्यवस्थामा फसेर कतै हाम्रा अजेण्डा छोपछाप भए कि भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘समावेशी, विभेदविरोधी र श्रमजीवीका नारालाई कार्पेटमुनि लुकाएर समानता खोज्यौँ कि भन्ने लाग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीको महाधिवेशन अध्यक्ष प्रचण्ड र नेताहरूलाई खबरदारी गर्ने ठाउँ पनि हो भन्ने उनलाई लागेको छ। त्यैसले त महाधिवेशनस्थल पुग्छिन्। प्रतिनिधि नभएका अन्य घाइते साथीहरूलाई पनि आउन भन्छिन्। र भित्र बन्दसत्रमा बहस चलिरहँदा बाहिर साथीहरूसँग छलफल चलाउँछिन्। ‘हामी जनयुद्धमा ज्यान माया मारेर लागेका हौँ। गरिब जनताको मुक्तिको सपना देखेर हिँडेका हौँ। सहिद त भएनौँ, तर घाइते भयौँ। हाम्रा आफन्त सहिद भएका छन्। त्यसैले पार्टी विचलित होला भन्ने चिन्ता लाग्नु स्वाभाविक हो,’ उनी गम्भीर भइन्।

वृक्षा दलित समुदायकी सदस्य हुन्। उनको परिवार निम्न मध्यम वर्गीय हो। उनका जेठा दाजु सशस्त्र युद्धकै क्रममा मारिए। उनलाई विद्रोही बनाउने एउटा मात्र होइन धेरै कारण थिए।

तीन शिक्षकको हत्याले मोडिदियो बाटो
उनी गाउँकै छिङ माविमा कक्षा ८ मा पढ्थिन्। जनयुद्धको उद्‍गम थलो भएकोले रुकुममा तत्कालीन माओवादीको प्रभाव थियो। तर, उनी माओवादी भइसकेकी थिइनन्।

एक दिन विद्यालयलाई सेनाले घरा हाल्यो। माओवादी भएको आरोपमा तीन शिक्षकको हत्या गरियो। आफूलाई पढाइरहेका शिक्षकको हत्या गरिएको दृश्य हेर्न विद्यार्थीलाई बाध्य बनाइयो।

त्यसपछि सेना त फर्कियो, तर माओवादी नेताहरू बाक्लै गरी विद्यालय आउन थाले। उनीहरूले शिक्षक हत्याको बदला लिनुपर्ने कुरा बारम्बार गर्न थाले। विद्यार्थी संगठन खोले। उनी पनि त्यसमा सक्रिय भइन्। अनि त्यसको केही समयपछि बन्दुक बोक्न पुगिन्। शिक्षक हत्याको बदला लिनकै लागि उनी युद्धमा जान तयार भएकी थिइन्।

‘शिक्षक हत्या माओवादीमा लाग्ने तत्कालीन कारण थियो। तर, जातीय छुवाछुत, आर्थिक असमानता, सामाजिक शोषण जस्ता कारणले पनि विद्रोही बनाएको हो,’ उनी भन्छिन्। उनी युद्धमा हिँडे पनि पढाइलाई पूर्णरूपले भने छाडिनन्।

त्यति बेलासम्ममा घर माओवादीमय भइसकेको थियो। जेठो दाजु त्यसअघि नै युद्धमा हिँडिसकेका थिए। त्यसैले उनलाई पनि पार्टीमा सामेल हुन अप्ठ्यारो परेन।

उनी २०५७ सालमा भूमिगत भइन्। विस्तारै कमाण्डरको जिम्मेवारीमा पुगिन्। कतिपय युद्धमा उनले नै ‘कमाण्ड’ गरिन्। युद्धकै क्रममा दाजुको ‘सहादत’ भएको खबर पाइन्। त्यसको पीडा त थियो नै आक्रोश पनि भयो। अनि त झनै जब्बर भएर युद्धमा लागिरहिन्।

युद्धकै अवस्थामा उनको भेट धनबहादुर गिरीसँग भयो। दुवै माओवादी सेनामा थिए। उनीहरूबीच माया बस्यो। वृक्षा घाइते भएपछि उनीहरू घर फर्किए र बिहे गरे। अहिले दुई छोरा र एक छोरी छन्।

उनी अर्घाखाँचीमा भएको भिडन्तमा पहिलोपटक घाइते भएकी थिइन्। दोस्रोपटक २०६२ सालमा पाल्पाको तानसेनमा भने गम्भीर घाइते भइन्। तत्कालीन माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति लिएको थियो। त्यही रणनीतिअनुरुप उनी पार्टीको गण्डक अभियानमा सहभागी थिइन्। तर, तानसेन भिडन्तमा उनको दाँया घुँडा र कम्मरमा गोली लाग्यो। त्यसपछि लामो समय उपचार गर्नुपर्‍यो।

उनको मेरुदण्डमा स्टिल राखिएको छ। राम्ररी उभिन सक्दिनन्। १६ वर्षदेखि वैशाखीको सहारामा मात्र हिँड्न सक्छिन्। मेरुदण्डको स्टिलले १० वर्ष काम गर्‍यो। त्यसपछि फेर्नुपर्‍यो। अहिले पनि बेलाबेला उपचार गराइरहनुपर्छ।

युद्धमा बाँचेका श्रीमान् बाढीमा बिलाए
बृहत् शान्ति सम्झौतामार्फत् तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। अनि धनबहादुर गिरी र वृक्षा उखेडा पनि सामान्य जीवनमा फर्किए। त्यसपछि बाँकेको कोहलपुरमा बस्न थाले।

वृक्षाको सहारा वैशाखी थियो। श्रीमानको कमाइबाट पाँच जनाको परिवार पालिनु पर्थ्यो। खान-लगाउन समस्या हुन थाल्यो। अनि, श्रीमान् धनबहादुर काम खोज्दै सन् २०१३ मा भारतको केदारनाथ पुगे।

केदारनाथ जानुअघिको बिदाइ श्रीमानको अन्तिम बिदाइ रहेछ। केदारनाथमा आएको भीषण बाढीले धनबहादुरलाई पनि बगायो। धन कमाउने र श्रीमान्-श्रीमती सँगै बस्ने सपना कहिल्यै पूरा नहुने गरी उनी बिदा भए।

त्यसपछि तीन छोराछोरीको लालनपालन गर्दै उनी राजनीतिमा पनि सक्रिय छिन्। कोहलपुरमा उनको सानो माछा पसल छ। तर, कोरोना महामारीले उनको व्यापार डामाडोल बनायो। तैपनि हिम्मत हारेकी छैनन्।

जिन्दगीमा धेरै उथलपुथल भए। तर, माओवादी पार्टीप्रतिको भरोसा टुटेको छैन। उनी अहिले पार्टीको नगर समितिमा आबद्ध छिन्। घाइते अपांगता भएकाहरूको संघको केन्द्रीय सदस्य छिन्। पार्टीमा सक्रिय भइरहेकी उनी नेतृत्वलाई खबरदारी गर्न महाधिवेशनमा हरेक दिन जान्छिन्। ‘हाम्रा सपना अझै मरेका छैनन्,’ उनी दृढ छिन्।

'जनयुद्ध'का घाइते र सहिद परिवारलाई दीर्घकालीन रूपमा राहत दिनुपर्ने र यो विषय पार्टीले सशक्त रूपमा उठाउनुपर्ने उनी बताउँछिन्। ‘दया मायाले दुई-चार हजार हातमा दिने, तर दीर्घकालीन व्यवस्थापन नगर्ने गर्नु भएन,’ उनी भन्छिन्, ‘केही पीडितलाई किस्तामा राहत दिँदैमा सिंगो जनयुद्धले न्याय पाउँदैन। हामीले हाम्रा अजेन्डा भुलेका छैनौँ।’

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘सं... शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शाहीले संविधान जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने दस्तावेज बन्नुपर्ने भन्दै रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य र राजनीतिक स्थिरता... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्