काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मंगलबार अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकताको घोषणा गर्ने भएको छ।
समाजवादीका नेता विजय पौडेलले मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच मंगलबार एकता घोषणा हुन लागेको जानकारी दिए।
२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो, नेकपा (जनवादी)। यसको नेतृत्वमा देवेन्द्रसिंह महता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।