काठमाडौं– सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो।
उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ। फुटबल, भलिबल तथा एथ्लेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ।
उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल ९ टिमको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।