काठमाडौं– पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए।
लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो।
जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। घटनाबारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।