• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

पौडेललाई टेलिकमको एमडी बनाउन सत्तादेखि प्रतिपक्षसम्मको ‘गठजोड’

64x64
बीपी अनमोल सोमबार, पुस १२, २०७८  १८:४७
1140x725

काठमाडौं- यो विषय मुद्दाका रुपमा अदालत नपुगेको भए सम्भवतः यतिञ्जेल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्तिबारे निर्णय हुनेबेला भइसक्थ्यो। किनभने, आउँदो पुस २२ गते वर्तमान एमडी डिल्लीराम अधिकारीको तीन वर्षे पदावधि सकिने भएकाले सकेसम्म चाँडै एमडी नियुक्त गर्न सरकार निकै ‘सक्रिय’ बनेको थियो। त्यसका लागि मन्त्रिपरिषद्‍बाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवासम्बन्धी निर्देशिका परिवर्तन गरेर आवेदनसमेत लिइसकिएको थियो।

तर, निर्देशिका परिवर्तन कुनै अमुक व्यक्तिको योग्यता मिलाउनका लागि गरिएको भन्दै यो विषय अदालत पुगेपछि यस्तो सक्रियतामा ‘ब्रेक’ लाग्यो। सर्वोच्च अदालतले पुस ५ गते टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवासम्बन्धी निर्देशिकामा गरिएको परिवर्तन तत्काल लागू नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै १२ गते, सोमबारका लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको थियो। सोअनुसार सोमबार टंक मोक्तान र तेजबहादुर केसीको संयुक्त इजलासमा सुनुवाइ राखिए पनि यो मुद्दा ‘हेर्न नभ्याउने’ हुँदै सुनुवाइ हुन सकेन। अब अर्को सुनुवाइ नहुँदासम्म अन्तरकालीन अन्तरिम आदेश निरन्तर हुनेछ। र, त्यतिञ्जेललाई एमडीको नियुक्तिसम्बन्धी निर्णय पनि पछि सरेको छ।

निर्देशिका फेरबदलभित्रको ‘नियत’
टेलिकमका डेपुटी एमडी (डीएमडी)सुरेन्द्रमान सिंहले गत पुस २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत विपक्षी बनाएर परिमार्जित निर्देशिका कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सिंह तिनै व्यक्ति हुन् जो टेलिकमभित्र एमडी बन्न खोजेका आकांक्षीमध्ये सबभन्दा वरिष्ठ थिए। तर, निर्देशिकामा एमडी बन्न आवेदन दिने उमेरहद ५८ बाट घटाएर ५६ कायम गरिएपछि सिंह प्रतिस्पर्धी बन्नबाटै वञ्चित हुने अवस्था आयो। त्यसैलाई उनले कानुनी चुनौती दिएका हुन्।

निर्देशिकामा नेपाल टेलिकम र सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा तीन वर्ष व्यवस्थापकीय पदमा कार्य गरेको अनुभवसहित जम्मा १२ वर्षको कार्यानुभव हुनुपर्ने व्यवस्था गरिएको छ। उमेरहद परिवर्तन गरिएपछि एमडीको प्रतिस्पर्धामा योग्यताका हिसाबले सबभन्दा अगाडि रहेका टेलिकमभित्रका सिंह र टेलिकमका पूर्वकर्मचारी डा. राजेन्द्र पोखरेल स्वतः पाखा लाग्ने अवस्था आयो। त्यही कारण, एमडी नियुक्तिको प्रक्रिया अगाडि बढाएर आवेदन आह्वान गरिएपछि उनीहरु त्यसमा सहभागी नभएर अदालत पुगे। सिंहले सर्वोच्चमा र पोखरेलले उच्च अदालत पाटनमा निर्देशिका फेरबदलविरुद्ध कानुनी चुनौती दिएका छन्।

विषय अदालत पुगेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित एमडी छनोट समितिले थप काम अघि बढाउन सकेको छैन। समितिले नै टेलिकमको एमडीका लागि परिमार्जित निर्देशिकाबमोजिम योग्यता तोकेर आवेदन माग गर्दै मंसिर २२ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

निर्देशिका फेरबदल गरेर नयाँ गरिएको व्यवस्थामा समावेश ‘सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा तीन वर्ष व्यवस्थापकीय पदमा कार्य गरेको अनुभव’ हुनुपर्ने योग्यता भने निश्चित व्यक्तिलाई हेरेर गरेको देखिन्छ। पहिलेको निर्देशिकामा यो योग्यता पाँच वर्ष राखिएको थियो। ‘यो योग्यता राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको एमडी बनाउने उद्देश्यसहित फेरबदल गरिएको हो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भन्यो, ‘किनभने, यसो गर्दा लाभान्वित हुने पौडेलबाहेक अरु छैनन्।’

टेलिकमको एमडीका लागि आवेदन दिएर पौडेल स्वयंले यसको पुष्टि गरिदिएका छन्। एमडीका लागि टेलिकमबाहिरबाट पौडेलले आवेदन दिएका छन्। टेलिकमबाट अवकाश पाइसकेका पूर्वएमडी बुद्धि आचार्य, पूर्वडीएमडी प्रदीपराज उपाध्यायले पनि एमडीका लागि आवेदन दिएका छन्। त्यस्तै, टेलिकममा कार्यरत रहेका प्रशासनतर्फका डीएमडी सुरजसिंह थापा र व्यापारतर्फका डीएमडी संगीता पहाडीले पनि एमडीका लागि आवेदन दिएका छन्। जम्मा ९ जनाले एमडीका लागि आवेदन दिएको मन्त्रालय स्रोतले जानकारी दिउको छ। तर, पौडेलबाहेक आवेदन दिने अन्यको योग्यता पुर्‍याउन तीन वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्दैन।

पौडेलसँग भने यसमा तीन वर्षको मात्र अनुभव छ। उनलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७५ साउनमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको निर्देशक नियुक्त गरेको थियो। निर्देशिकामा रहेको पाँच वर्ष मात्र होइन, चार वर्षको व्यवस्थापकीय अनुभव राख्दा पनि उनको योग्यता पुग्दैनथ्यो। ‘त्यस कारण पौडेललाई एमडी बनाउनकै लागि निर्देशिका फेरबदल गरिएको प्रस्ट छ,’ टेलिकमका एक अधिकारीले भने, ‘अहिले सबैतिर सेटिङ गरेर उहाँलाई नियुक्ति पनि गरिएला, तर टेलिकममा बाहिरबाट आएर एमडी चलाउन सजिलो छैन।’

पौडेलको शक्ति : बालुवाटारदेखि बालकोटसम्म ‘दाहिना’
टेलिकममा सत्तारुढ दलले आफूअनुकूल व्यक्तिलाई एमडी बनाउन यसअघि पनि पटक-पटक निर्देशिका तोडमोड गरेका उदाहरण छन्। पदावधि सकिन लागेका वर्तमान एमडी डिल्लीराम अधिकारी त्यसैगरी ल्याइएका थिए। त्यसभन्दा पहिले कामिनी राजभण्डारीलाई एमडी बनाउने बेलामा पनि त्यसैगरी ‘अनुकूल’ प्रावधान राखिएको थियो। जबकि, त्यसभन्दा पहिले वरिष्ठताका आधारमा उपप्रबन्ध निर्देशक (डीएमडी) नै स्वतः प्रबन्ध निर्देशक (एमडी) मा बढुवा हुने व्यवस्था थियो।

यसपालि त थप रोचक के छ भने एमडी बनाउन जोडबल भइरहेका पौडेल खासमा सत्तारुढ (नेपाली कांग्रेस) होइन, प्रमुख प्रतिपक्ष एमाले र त्यसमा पनि अध्यक्ष ओलीनिकट मानिने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाका विश्वासपात्र मानिन्छन्। तर, उनलाई नै नियुक्तिमा सजिलो पार्नेगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मात्र होइन, प्रधानमन्त्री शेरबहादुर देउवा नै पूरै ‘सकारात्मक’ देखिएका छन्। निर्देशिका फेरबदललाई त्यसकै दृष्टान्त मानिएको छ।

‘प्रधानमन्त्री देउवाकै विश्वासपात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् प्रधानमन्त्रीकै चाहनाअनुसार पौडेललाई ल्याउन सजिलो पार्ने व्यवस्था निर्देशिकामा गरिएको हो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोत भन्छ। पौडेललाई नियुक्त गर्न बाँस्कोटाले गरिरहेको जोडबल राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् समेत प्रकट भएको बालुवाटार स्रोत बताउँछ। ‘राष्ट्रपतिज्यूको सञ्चारमन्त्रीसँगको नाता सम्बन्धलाई हामी नजरअन्दाज गर्न सक्दैनौं,’ बालुवाटार स्रोतले भन्यो।

पौडेल स्वयं सूचना प्रविधि क्षेत्रका ठूला ठेक्कामा विवादमा पर्दै आएका व्यक्ति हुन्। सूचना प्रविधि र मेडिकल सामग्री खरिदमा अनियमितता गरेको आरोप लाग्दै आएको ओबीसीआई प्रालि (ओम्नी समूह) सँगसमेत उनको नाम जोडिँदै आएको छ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ आइतबार, भदौ २८, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्