• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

पौडेललाई टेलिकमको एमडी बनाउन सत्तादेखि प्रतिपक्षसम्मको ‘गठजोड’

64x64
बीपी अनमोल सोमबार, पुस १२, २०७८  १८:४७
1140x725

काठमाडौं- यो विषय मुद्दाका रुपमा अदालत नपुगेको भए सम्भवतः यतिञ्जेल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्तिबारे निर्णय हुनेबेला भइसक्थ्यो। किनभने, आउँदो पुस २२ गते वर्तमान एमडी डिल्लीराम अधिकारीको तीन वर्षे पदावधि सकिने भएकाले सकेसम्म चाँडै एमडी नियुक्त गर्न सरकार निकै ‘सक्रिय’ बनेको थियो। त्यसका लागि मन्त्रिपरिषद्‍बाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवासम्बन्धी निर्देशिका परिवर्तन गरेर आवेदनसमेत लिइसकिएको थियो।

तर, निर्देशिका परिवर्तन कुनै अमुक व्यक्तिको योग्यता मिलाउनका लागि गरिएको भन्दै यो विषय अदालत पुगेपछि यस्तो सक्रियतामा ‘ब्रेक’ लाग्यो। सर्वोच्च अदालतले पुस ५ गते टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवासम्बन्धी निर्देशिकामा गरिएको परिवर्तन तत्काल लागू नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै १२ गते, सोमबारका लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको थियो। सोअनुसार सोमबार टंक मोक्तान र तेजबहादुर केसीको संयुक्त इजलासमा सुनुवाइ राखिए पनि यो मुद्दा ‘हेर्न नभ्याउने’ हुँदै सुनुवाइ हुन सकेन। अब अर्को सुनुवाइ नहुँदासम्म अन्तरकालीन अन्तरिम आदेश निरन्तर हुनेछ। र, त्यतिञ्जेललाई एमडीको नियुक्तिसम्बन्धी निर्णय पनि पछि सरेको छ।

निर्देशिका फेरबदलभित्रको ‘नियत’
टेलिकमका डेपुटी एमडी (डीएमडी)सुरेन्द्रमान सिंहले गत पुस २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत विपक्षी बनाएर परिमार्जित निर्देशिका कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सिंह तिनै व्यक्ति हुन् जो टेलिकमभित्र एमडी बन्न खोजेका आकांक्षीमध्ये सबभन्दा वरिष्ठ थिए। तर, निर्देशिकामा एमडी बन्न आवेदन दिने उमेरहद ५८ बाट घटाएर ५६ कायम गरिएपछि सिंह प्रतिस्पर्धी बन्नबाटै वञ्चित हुने अवस्था आयो। त्यसैलाई उनले कानुनी चुनौती दिएका हुन्।

निर्देशिकामा नेपाल टेलिकम र सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा तीन वर्ष व्यवस्थापकीय पदमा कार्य गरेको अनुभवसहित जम्मा १२ वर्षको कार्यानुभव हुनुपर्ने व्यवस्था गरिएको छ। उमेरहद परिवर्तन गरिएपछि एमडीको प्रतिस्पर्धामा योग्यताका हिसाबले सबभन्दा अगाडि रहेका टेलिकमभित्रका सिंह र टेलिकमका पूर्वकर्मचारी डा. राजेन्द्र पोखरेल स्वतः पाखा लाग्ने अवस्था आयो। त्यही कारण, एमडी नियुक्तिको प्रक्रिया अगाडि बढाएर आवेदन आह्वान गरिएपछि उनीहरु त्यसमा सहभागी नभएर अदालत पुगे। सिंहले सर्वोच्चमा र पोखरेलले उच्च अदालत पाटनमा निर्देशिका फेरबदलविरुद्ध कानुनी चुनौती दिएका छन्।

विषय अदालत पुगेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित एमडी छनोट समितिले थप काम अघि बढाउन सकेको छैन। समितिले नै टेलिकमको एमडीका लागि परिमार्जित निर्देशिकाबमोजिम योग्यता तोकेर आवेदन माग गर्दै मंसिर २२ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

Ncell 2
Ncell 2

निर्देशिका फेरबदल गरेर नयाँ गरिएको व्यवस्थामा समावेश ‘सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा तीन वर्ष व्यवस्थापकीय पदमा कार्य गरेको अनुभव’ हुनुपर्ने योग्यता भने निश्चित व्यक्तिलाई हेरेर गरेको देखिन्छ। पहिलेको निर्देशिकामा यो योग्यता पाँच वर्ष राखिएको थियो। ‘यो योग्यता राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको एमडी बनाउने उद्देश्यसहित फेरबदल गरिएको हो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भन्यो, ‘किनभने, यसो गर्दा लाभान्वित हुने पौडेलबाहेक अरु छैनन्।’

टेलिकमको एमडीका लागि आवेदन दिएर पौडेल स्वयंले यसको पुष्टि गरिदिएका छन्। एमडीका लागि टेलिकमबाहिरबाट पौडेलले आवेदन दिएका छन्। टेलिकमबाट अवकाश पाइसकेका पूर्वएमडी बुद्धि आचार्य, पूर्वडीएमडी प्रदीपराज उपाध्यायले पनि एमडीका लागि आवेदन दिएका छन्। त्यस्तै, टेलिकममा कार्यरत रहेका प्रशासनतर्फका डीएमडी सुरजसिंह थापा र व्यापारतर्फका डीएमडी संगीता पहाडीले पनि एमडीका लागि आवेदन दिएका छन्। जम्मा ९ जनाले एमडीका लागि आवेदन दिएको मन्त्रालय स्रोतले जानकारी दिउको छ। तर, पौडेलबाहेक आवेदन दिने अन्यको योग्यता पुर्‍याउन तीन वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्दैन।

पौडेलसँग भने यसमा तीन वर्षको मात्र अनुभव छ। उनलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७५ साउनमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको निर्देशक नियुक्त गरेको थियो। निर्देशिकामा रहेको पाँच वर्ष मात्र होइन, चार वर्षको व्यवस्थापकीय अनुभव राख्दा पनि उनको योग्यता पुग्दैनथ्यो। ‘त्यस कारण पौडेललाई एमडी बनाउनकै लागि निर्देशिका फेरबदल गरिएको प्रस्ट छ,’ टेलिकमका एक अधिकारीले भने, ‘अहिले सबैतिर सेटिङ गरेर उहाँलाई नियुक्ति पनि गरिएला, तर टेलिकममा बाहिरबाट आएर एमडी चलाउन सजिलो छैन।’

पौडेलको शक्ति : बालुवाटारदेखि बालकोटसम्म ‘दाहिना’
टेलिकममा सत्तारुढ दलले आफूअनुकूल व्यक्तिलाई एमडी बनाउन यसअघि पनि पटक-पटक निर्देशिका तोडमोड गरेका उदाहरण छन्। पदावधि सकिन लागेका वर्तमान एमडी डिल्लीराम अधिकारी त्यसैगरी ल्याइएका थिए। त्यसभन्दा पहिले कामिनी राजभण्डारीलाई एमडी बनाउने बेलामा पनि त्यसैगरी ‘अनुकूल’ प्रावधान राखिएको थियो। जबकि, त्यसभन्दा पहिले वरिष्ठताका आधारमा उपप्रबन्ध निर्देशक (डीएमडी) नै स्वतः प्रबन्ध निर्देशक (एमडी) मा बढुवा हुने व्यवस्था थियो।

यसपालि त थप रोचक के छ भने एमडी बनाउन जोडबल भइरहेका पौडेल खासमा सत्तारुढ (नेपाली कांग्रेस) होइन, प्रमुख प्रतिपक्ष एमाले र त्यसमा पनि अध्यक्ष ओलीनिकट मानिने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाका विश्वासपात्र मानिन्छन्। तर, उनलाई नै नियुक्तिमा सजिलो पार्नेगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मात्र होइन, प्रधानमन्त्री शेरबहादुर देउवा नै पूरै ‘सकारात्मक’ देखिएका छन्। निर्देशिका फेरबदललाई त्यसकै दृष्टान्त मानिएको छ।

‘प्रधानमन्त्री देउवाकै विश्वासपात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् प्रधानमन्त्रीकै चाहनाअनुसार पौडेललाई ल्याउन सजिलो पार्ने व्यवस्था निर्देशिकामा गरिएको हो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोत भन्छ। पौडेललाई नियुक्त गर्न बाँस्कोटाले गरिरहेको जोडबल राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् समेत प्रकट भएको बालुवाटार स्रोत बताउँछ। ‘राष्ट्रपतिज्यूको सञ्चारमन्त्रीसँगको नाता सम्बन्धलाई हामी नजरअन्दाज गर्न सक्दैनौं,’ बालुवाटार स्रोतले भन्यो।

पौडेल स्वयं सूचना प्रविधि क्षेत्रका ठूला ठेक्कामा विवादमा पर्दै आएका व्यक्ति हुन्। सूचना प्रविधि र मेडिकल सामग्री खरिदमा अनियमितता गरेको आरोप लाग्दै आएको ओबीसीआई प्रालि (ओम्नी समूह) सँगसमेत उनको नाम जोडिँदै आएको छ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सुनको मूल्य घट्यो सोमबार, मंसिर ८, २०८२
जनकपुरधाममा विवाहोत्सवको अघिल्लो दिन आज ‘मटकोर’ सोमबार, मंसिर ८, २०८२
प्रधानमन्त्री कार्की स्वकीय सचिव श्रेष्ठले गरे पदको दुरुपयोग- खुवाए परिवारका सदस्य तथा नातेदारहरुलाई जागिर सोमबार, मंसिर ८, २०८२
एनपीएलमा आज आज दुई खेल हुँदै सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्