काठमाडौं–यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ९ जना बिचौलिया पक्राउ परेका छन्।
लाइसेन्स, ब्लुबुकलगायतका कागजातको राजश्व तिर्न गएका सर्वसाधरणलाई बिचौलियाहरुले दु:ख दिनेको गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनीहरुले सर्वसाधारणबाट लाग्ने दस्तुरभन्दा बढी रकम लिई छिटो काम गराइदिने भन्दै जबरजस्ती तानातान गर्दै हैरानी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका ९ जनालाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।