काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने बिग बास लिगमा लगातार तेस्रो खेलमा विकेटविहीन भएका छन्।
एडिलेड स्ट्राइकर्सविरुद्ध खराब प्रदर्शन गरेका छन्। सन्दीपले ३ ओभरमा ३१ रन खर्चेका थिए। एडिलेडले होबार्टलाई १७६ रनको विजयी लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनाएको हो। एडिलेडका लागि म्याट रेनशाले ४१ बलमा ९ चौकासहित सर्वाधिक ६३ रन बनाए।
यता, जेक वेदरल्डले ५१ र थोमस केलीले २८ रनमा बनाए। होबार्टका राइली मेरिडिथले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए।
जारी बिग बासमा सन्दीप ६ खेल मध्य ४ खेलमा विकेटविहीन बनेका हुन्। सन्दीप लगातार तेस्रो खेलमा विकेटविहीन छन्।
यसअघि उनले मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चेका थिए।
पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए। सन्दीप दोस्रो खेलमा सिक्सर्ससँग विकेटविहीन बनेका थिए।
तेस्रो खेलमा पर्थ स्कोचर्ससँग उनले १ विकेट लिए। चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चे पनि विकेट लिन सकेनन्। समग्रमा सन्दीपले जारी बिग बासमा ५ खेलमा २३ ओभर बलिङ गर्दै १८२ रन खर्चेर २ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।