काठमाडौं– कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकमा सोमबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको मृत्यु भएको हो।
बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।