काठमाडौं– सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ चाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ११० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, आइतबार १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १२ सय ५० रुपैयाँमा प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।