काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा सम्पन्न खेलको ३२औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले सुरुआती अग्रता लिएको थियो। खेलको ३४ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २–० को स्थितिमा पुर्याए।
खेलको ३७ औं मिनेटमा विलफ्रेड जाहाले रातो कार्ड पाएपछि क्रिस्टल १० खेलाडीमा समेटियो। त्यसपछि खेलको ७४औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३–० को जित दिलाए।
जितसँगै १६ खेलबाट २९ अंक जोडेको टोटेनहम अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पराजित क्रिस्टल भने २० अंकका साथ १२औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।