काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि पुनरागमन जित निकालेको छ। आत्मघाती गोलबाट खेलमा पछि परेको चेल्सीले भिल्लालाई ३–१ ले पराजित गरेको हो।
चेल्सीको जितमा जर्गिन्होको दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। भिल्लाले एक गोल उपहार पाएको थियो।
जितसँगै चेल्सीको १९ खेलबाट ४१ अंक जोडेको चेल्सी तेस्रो स्थानमै यथावत् छ। एक खेल कम खेलेको लिभरपुलको पनि ४१ अंक नै छ। पराजित भिल्ला २२ अंक जोडेर ११औं स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।