काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ। आइतबार राति नर्विचको मैदानमा सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा नर्विच खेलको सुरुमै पछि परेको थियो। बुकायो साकाले खेलको छैटौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा किरन टीएर्नेले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३–० को स्थितिमा पुग्यो।खेलको ८४ औं मिनेटमा एलेक्सजेण्डर लाकाजेटीले पेनाल्टीमा गोल गरेपछि आर्सनल ४–० ले अघि रह्यो।त्यसपछि खेलको इन्जुरी समयमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई ५–० को जित दिलाए।
जितसँगै १९ खेलमा ३५ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ भने पराजित नर्विच १० अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।